काँग्रेस महाधिवेशनमा भाग लिन मुख्यमन्त्री बेनर्जी शनिबार काठमाडौँ आउँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काँग्रेस महाधिवेशनमा भाग लिन मुख्यमन्त्री बेनर्जी शनिबार काठमाडौँ आउँदै


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी हुन भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी आगामी शनिबार काठमाडौँ आउने भएकी छिन् ।

काँग्रेसको निम्तोमा वक्ताको रुपमा उनी डिसेम्बर ११ मा उनी आउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । काँग्रेस महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म काठमाडौँमा हुँदै छ ।

बेनर्जीलाई महाधिवेशनमा सहभागी हुन काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निम्तो पठाएका थिए ।

देउवाले बेनर्जीको सहभागिताले यस क्षेत्रमा लोकतन्त्रको सुदृढीकरण हुने र पार्टीगत सम्बन्ध थप मजबुत हुने अपेक्षा लिएका छन् ।

नेपाल आउनको लागि मुख्यमन्त्री बेनर्जीले केन्द्र सरकारसँग अनुमतिसमेत मागीसकेकी छिन् । ‘

Tags :
प्रतिक्रिया दिनुहोस