प्युठानमा टिप्परको ठक्करबाट अटोमा सवार बाबुछोराको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्युठानमा टिप्परको ठक्करबाट अटोमा सवार बाबुछोराको मृत्यु


२० मंसिर २०७८, सोमबार


रुपन्देही । प्युठानमा आज (सोमबार) टिप्परको ठक्करबाट अटोमा सवार रहेका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका—३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उनका ४ वर्षीय छोरा सुसान्त थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

चकचकेबाट- बिजुवारतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

प्युठानको माण्डवी गाउँपालिका—५ स्थित चकचके—चेरनेटा सडकखण्डमा टिप्परले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै थिए।

दुर्घटनामा अटोमा सवार प्युठान नगरपालिका९३ बस्ने वर्ष ८ कि दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा घाइते रहेका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस