कौशल्टारबाट ३४ हजार नगदसहित पाँच जुवाडे पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कौशल्टारबाट ३४ हजार नगदसहित पाँच जुवाडे पक्राउ


२० मंसिर २०७८, सोमबार


भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कौशल्टारबाट नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१० घर भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको साथबाट ३४ हजार रुपैयाँ र १ बुक तास बरामद गरिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस