सर्वोच्चको समस्या संवादबाट समाधान हुनुपर्छ: अध्यक्ष नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्चको समस्या संवादबाट समाधान हुनुपर्छ: अध्यक्ष नेपाल


२० मंसिर २०७८, सोमबार


विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।

अध्यक्ष नेपालले तीन तहको एकै पटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरूले गर्दा नराम्रो मानसिकता खराब हो भने ।

उनले अरू निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन् सफलता हासिल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस