चीनद्वारा प्रदान गरिएको मानवीय सहायता अफगानिस्तान पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चीनद्वारा प्रदान गरिएको मानवीय सहायता अफगानिस्तान पुग्यो


२० मंसिर २०७८, सोमबार


अफगानिस्तान । चीनले प्रदान गरेको करिब ५०० टन खाद्यान्न र लत्ताकपडा सहितका सामग्री अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सीमावर्ती सहर हैरातान आइपुगेको स्थानीय अधिकारीले बताएका छन्।

बिहीबार र शुक्रबार हैरतान बन्दरगाह हुँदै ५ सय टन खाद्यान्न र लत्ताकपडा बोकेका २७ कन्टेनर अफगानिस्तान प्रवेश गरेका थिए ।

उक्त सामग्री विभिन्न प्रान्तमा पुर्‍याएर सङ्कटमा रहेका मानिसहरूलाई वितरण गरिने प्रान्तीय भन्सार कार्यालयका अब्दुल मतिन सय्यदले सिन्ह्वालाई बताएका छन्।

यी सामग्रीको आपूर्ति अफगानिस्तानलाई प्रदान गर्न लागिएको १,००० टन खाद्यान्न र लत्ताकपडा सहायताको एक हिस्सा मात्र हो र बाँकी छिट्टै सोही बन्दरगाहबाट आउने अपेक्षा गरिएको छ, स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस