काँग्रेस लुम्बिनीको सभापतिमा पुन निर्वाचित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेस लुम्बिनीको सभापतिमा पुन निर्वाचित


२० मंसिर २०७८, सोमबार


बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् ।

पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाएका थिए ।

निर्वाचनमा १६ सय ३१ मत खसेको थियो । सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली काँग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस