हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध


१९ मंसिर २०७८, आइतबार


हुम्ला । हुम्ला सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा आज (आइतबार)बाट अवरुद्ध भएको छ ।

सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राही लोक भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमको सेवाले काम गर्न छाडेको बताए ।

टेलिकमको मोबाइल, एडिएसल, फोरजी र ल्यान्ड लाइन सेवा सबै १२ घण्टादेखि अवरुद्ध भएको बताए । उनले सेवा अवरुद्ध भएसँगै सेवाग्राही मर्कामा परेको बताए ।

नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको बताए । खराबी पत्ता लगाउने काम भइरहेको उनको भनाइ छ ।

केन्द्रमा सम्पर्क गर्ने माध्यम नभएका कारण खराबी भएको स्थान पत्ता लगाउन नसकिएको उनले बताए । शाखाकै कार्यालयमा हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालिकोट कताको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ ।

सेवा अवरुद्ध भएपछि सरकार तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाहमा समस्या आएको छ । त्यसै गरी बैक तथा वित्तीय संस्थामा पनि कारोबार गर्न समस्या भएको छ । टेलिकमको सेवा अवरुद्ध भएका बेला एनसेलको मोबाइल सेवा पनि राम्रोसँग काम नगरेको सेवाग्राहीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले इन्टरनेटका लागि सेवा प्रदान गर्दै आएको वल्र्डलिंक कम्युनिकेसनको सेवा पनि सुस्त गतिले काम गरेको कारण सेवाग्राही मर्कामा परेको बताए । उनले कार्यालयमा आइतबार भएर पनि कुनै पनि अनलाइनबाट सम्पादन गर्ने कार्य गर्न नपाएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस