नेपालका लागि पूर्वअमेरिकी राजदूत तेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालका लागि पूर्वअमेरिकी राजदूत तेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी तेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त भएकी छन् ।

तेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

तेप्लिज हालै श्रीलङ्काको राजदूतका रुपमा थिइन् भने सन् २०१८ देखि मालदिभ्समा राजदूतका रुपमा समेत काम गरेकी थिइन् ।

नेपालमा उनको कार्यकाल सन् २०१५ देखि सन् २०१८ सम्म रह्यो । सन् १९९१ मा अमेरिकी विदेश मन्त्रालयमा तेप्लिजले सेवा सुरु गरेकी थिइन् ।

उनी करिअर मन्त्री सरहको दर्जामा अमेरिकी विदेश मन्त्रालयमा कार्यरत छिन् । सन् २०११ देखि सन् २०१२ सम्म काबुलमा समेत उनले काम गरेकी थिइन् ।

उनले बङ्गलादेश, बेल्जियम र अस्ट्रेलियामा समेत उनले अमेरिकी कूटनीतिज्ञका रुपमा काम गरिसकेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस