२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

०७६ का अधिकृत उम्मेदवारद्वारा अन्तिम नतिजा प्रकाशित गरिदिन गुहार

अ+ अ-

काठमाडौँ । २०७६ को शाखा अधिकृत विज्ञापनका परीक्षार्थिहरुले अन्तिम नतिजा प्रकाशित गरिदिन लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गुहार मागेका छन् ।

लिखित परीक्षा उत्तीर्ण भई आयोगको अन्तर्वार्तासमेत दिएको चौथो महिना लाग्दासमेत सुनुवाइ हुने कुनै सङ्केत नदेखिएपछि पनि परीक्षार्थिहरुले पुनः लोक सेवा आयोगका अध्यक्ष, सचिव तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री र सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । यसअघि पटक पटक ज्ञापन पत्र बुझाए पनि कुनै सुनुवाइ भएको छैन ।

लोक सेवा आयोगको विगतदेखिको परम्परा अनुसार नयाँ विज्ञापन हुनुभन्दा अगाडि नै अन्तिम योग्यता क्रम प्रकाशन गर्ने अभ्यासलाईसमेत स्मरण गराएका परीक्षार्थिहरुले आयोगको वार्षिक कार्य तालिका बमोजिम यही मङ्सिर अन्तिम बुधवार शाखा अधिकृत अप्राविधिक तर्फको विज्ञापन गर्ने कार्य तालिका रहेकोले एउटा परीक्षाको नतिजा थाहा नपाउँदै पटक पटक सोही पदको लागि परीक्षा लिँदा उम्मेदवारमाथि पर्ने आर्थिक क्षति तथा मानसिक तनाव बारेसमेत आयोगलाई सजग गराएका छन् ।

उनीहरूले लोक सेवा आयोगको मिति २०७८ भदौ २८ गतेको सूचना बमोजिम शाखा अधिकृत अप्राविधिक पदको योग्यता क्रम प्रकाशन तथा सिफारिस स्थगित भएको बारे लोक सेवा आयोग जस्तो जिम्मेवार निकायले नतिजा प्रकाशन सम्बन्धमा आवश्यक पहल गर्नेछ भन्ने विश्वास लिए पनि हालसम्म नतिजा प्रकाशन नभएको र समस्या समाधानको लागि कुनै पहल समेत नभएको भन्दै शीघ्र नतिजा प्रकाशन गर्न भनेका छन् ।

लोक सेवा आयोगले अन्तिम योग्यता क्रम प्रकाशन सम्बन्धी कार्य स्थगित गरिएको सूचनामा रिट निवेदनमार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगलाई प्रकाशित विज्ञापनबाट ३४ पदमा पदपूर्ति नगर्न अनुरोध भएको पत्राचार यथास्थितिमा राख्नु भनी भएको आदेशलाई नतिजा स्थगित गर्ने आधारको रूपमा लिइएको उनीहरूको आरोप छ । उक्त आदेशमा केही नबोलिएकोले सो आदेशअनुसार मन्त्रालयबाट भएको पत्राचार यथास्थितिमा राखिएको जानकारी मन्त्रालयलाई दिनुपर्नेमा नतिजा प्रकाशन नै स्थगित गर्ने गरी आयोग प्रोएक्टीभ भई गरेको निर्णय विवेकसम्मत नहुँदा उक्त आदेशको कार्यान्वयनको सन्दर्भमा भएको नतिजा स्थगित सम्बन्धी निर्णयलाई पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

परीक्षार्थिहरुले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको केही पदसंख्या सम्मको हकमा परेको विवादलाई आधार बनाएर सोही सेवाका बाँकी पद तथा अन्य सेवा तथा समूहमा हुने सिफारिस समेतलाई लामो समय स्थगित राख्नु लोक सेवा आयोगको गरिमा र उम्मेदवारको हितको दृष्टिले समेत विवेकशील कदम नभएको भन्दै लोक सेवा आयोगको काम माग पदसंख्याका आधारमा उम्मेदवार सिफारिस गर्नुसम्म रहेकोले के कति उम्मेदवारलाई नियुक्ति दिई पदस्थापन गर्ने वा नगर्ने भन्ने विषय जिम्मेवार मन्त्रालयको दायित्व भित्र पर्ने स्मरण गराएका छन् । साथै यस सम्बन्धमा कुनै अन्यौलता भएमा जिम्मेवार निकायसँग समन्वय गरी यथाशीघ्र निकास निकाल्न पनि उनीहरूको अनुरोध छ ।

यसैगरी २०७६ र २०७७ सालमा प्रकाशित विज्ञापनबमोजिम बढुवा तर्फको पदपूर्ति भइसकेको भए पनि खुला तथा समावेशी समूहको २०७६ सालको अन्तिम नतिजा प्रकाशन नभएको, २०७७ सालको दोस्रो चरणको परीक्षा नै हुन नसकेको अवस्थामा २०७८ सालको विज्ञापन प्रकाशन गर्दा लोक सेवा आयोगले बढुवाका उम्मेदवारलाई मात्र हित हुने गरी कार्य गरेको देखिने भई लोक सेवा आयोगको प्रचलित समानताको सिद्धान्त विपरीत हुन जाने उनीहरूको भनाई छ । र, अन्तिम नतिजाको पर्खाइमा रहेका परीक्षार्थीहरूको ज्येष्ठता र वृत्ति विकासमा प्रतिकुल असर पर्नुका साथै परीक्षार्थीहरूलाई मानसिक तथा आर्थिक रूपमा समेत गम्भीर असर पुग्ने भन्दै पदपूर्ति सम्बन्धमा प्रकाशित विज्ञापनमाथि विश्वसनीयता गर्न सकिने अवस्था नहुने पनि उनीहरूले बताएका छन् ।

‘जिम्मेवार निकायले एउटा जिम्मेवारी पुरा नगर्दै सोही कार्य पटक पटक गर्नु विवेकसम्मत, विधिसम्मत र उपयुक्त नहुने भएकाले लोक सेवा आयोगको शाखा अधिकृतको पदपूर्ति सम्बन्धी कार्य तालिका २०७६ र २०७७ को विज्ञापनले पूर्णता नपाएसम्म नयाँ विज्ञापनको प्रक्रिया अगाडि नबढाउने गरी निर्णय गर्न विनम्रतापूर्वक निवेदन गर्दछौँ’ उनीहरूले निवेदनमा भनेका छन् ।

निष्पक्षताको एक मात्र कडीका रूपमा लिइएको आयोगबाटै अन्याय भएको भन्दै परीक्षार्थीहरू प्रधानमन्त्रीदेखि मुख्यसचिव, सामान्य सचिव र आयोगकै अध्यक्ष तथा सचिवलाई ज्ञापन बुझाई सके पछि कहिँकतैबाट ठोस प्रयास भएको देखिँदैन ।

सम्बन्धित समाचार : हामी यहाँ छौँ भन्दै शाखा अधिकृत परीक्षार्थीहरू लोक सेवा आयोगको कार्यालयमा बसे धर्ना

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

सम्बन्धित समाचार : मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी

सम्बन्धित समाचार : अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन

सम्बन्धित समाचार : लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ

सम्बन्धित समाचार : शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना