अनसनरत तारा बरालको जीवन रक्षा गर्न आयोगको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अनसनरत तारा बरालको जीवन रक्षा गर्न आयोगको आग्रह


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न माग राख्दै अनसनरत तारा बरालको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगको टोलीले स्थलगत अनुगमन पश्चात् अनसनरत बरालको वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिति थप जटिल अवस्थामा पुगेकोले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

यस्तै आयोगले अनसनरत तारा बरालको जीवन रक्षाको लागि सम्बन्धित सबै पक्षसँग अपिल गर्नुका साथै जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सृजना गर्न बराललाई पनि आग्रह गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव लोकनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बराल गत कात्तिक ३० गते देखी सर्वोच्च अदालतलाई पूर्ण रुपमा तत्काल सुचारु गर्नुपर्ने, नेपाल बार एसोसिएसन कार्यालय अगाडी प्रदर्शन गर्दा महिला माथि दुर्व्यवहार गरी अपशब्द बोल्ने वकिललाई कारबाही गर्नुपर्ने, एमसिसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने माग राख्दै आमरण अनसनमा बसिरहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस