पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण ,४३६ जना निको « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण ,४३६ जना निको


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपालमा थप २०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज (आइतबार) २०५ जना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

आइतबार ७ हजार ९९५ जनाको पिसिआर परीक्षण र २७५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

नेपालमा हाल ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित छन् ।

४३६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसै गरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा १०३ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस