काँग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी


१९ मंसिर २०७८, आइतबार


कैलाली । नेपाली काँग्रेस आसन्न १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् ।

पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् । उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ ।

उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी भए ।

यस्तै सह महामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भए । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस