राप्रपाको नयाँ कार्यसमितिको शपथ ग्रहण कमल थापाद्वारा बहिस्कार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राप्रपाको नयाँ कार्यसमितिको शपथ ग्रहण कमल थापाद्वारा बहिस्कार


१९ मंसिर २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।

आज (आइतबार) बिहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षमा पराजित थापाले भने पार्टीको महाधिवेशनमा पूर्व राजाले हस्तक्षेप गरेको आरोप लगाएका छन् । प्रज्ञा भवनमा आयोजित शपथ ग्रहण समारोहमा समेत गएका छैनन् ।

निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस