राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन


१९ मंसिर २०७८, आइतबार


तुलसीपुर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गरेको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गी शरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उनले जनकारी लिएका हुन् ।

उनको शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभा हलको अवलोकन गरेका छन् । सोही सभा हल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

त्यस्तै दङ्गी शरण गाउँपालिका–६ स्थित बागरमा रहेको १५ शय्याको अस्पतालको पनि अवलोकन गरेका छन् । सोही अस्पताललाई प्रदेश सरकार मातहत लैजाने उनले प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै दङ्गी शरण गाउँपालिका–५ स्थित स्वास्थ्य चौकी र वडा नं ७ को आधारभूत स्वास्थ्य केन्द्र , शान्तिनगर गाउँपालिका–२ मा निर्माणाधीन १५ शय्याको अस्पताल, बबई गाउँपालिका–२ स्थित ठूलाचौर–घुरिन् डाँडा (सीतापुर) जोड्ने पुल निर्माण स्थल, बबई–३ हंसपुरमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल र सोही वडाको हंसपुर माविको पनि उनले अवलोकन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस