कांग्रेस गण्डकीको चुनावमा एक हजार १४६ मत खस्यो « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कांग्रेस गण्डकीको चुनावमा एक हजार १४६ मत खस्यो


१८ मंसिर २०७८, शनिबार


गण्डकी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि आज भएको निर्वाचनमा एक हजार १४६ मत खसेको छ ।

प्रदेश अधिवेशनका लागि कूल एक हजार १६५ मतदाता रहेकामा एक हजार १४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए । निर्वाचनमा सभापतिमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीबीच प्रतिस्पर्धा छ ।

त्यस्तै कार्यसमितिको उपसभापति दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले प्रतिस्पर्धा गर्नेछिन् । महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री एक जना महिलामा ओमकला गौतम र कोपिला रानाभाट चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनको मतगणना पोखरास्थित उद्योग वाणिज्य सङ्घको हलमा सुरु भएको र आइतबार बिहानसम्म सबै पदको नतिजा आउने भुजेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस