काँग्रेस प्रदेश–१ को मतदान सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस प्रदेश–१ को मतदान सुरु


१८ मंसिर २०७८, शनिबार


विराटनगर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–१ को निर्वाचन सुरु भएको छ ।

मतपत्रमा तीन उमेदवारको नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलाइ भएको थियो ।

शनिबार बिहान ८ बजेदेखि सुरु गर्ने निर्वाचन तालिका भए पनि दिउँसो मात्र मतदान सुरु भएको हो ।

उमेदवारहरू श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेपछि मतदानमा ढिलाइ भएको हो ।

सभापतिसहितका पदाधिकारी चयन गर्न एक हजार ७०० मतदाताले मतदान गर्नेछन् । नेताहरूबीच नाम छुटेका तीनैजनालाई सर्वसम्मत गर्ने सहमति भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस