नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुईजनाको उम्मेदवारी : बिहान ८ बजेदेखि मतदान शुरु हुने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुईजनाको उम्मेदवारी : बिहान ८ बजेदेखि मतदान शुरु हुने


१८ मंसिर २०७८, शनिबार


मोरङ । नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि हिजो (शुक्रबार) दुई जनाले मनोनयनपत्र दर्ता गरेका छन् । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए।

यसैगरी दुई उपसभापतिका लागि गोविन्द ढुङ्गाना, रमेजजङ्ग रायमाझी, टङ्क राई र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् । दुई महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङगले मनोनयन दर्ता गरेका छन् । सहमहामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त पदका लागि आज(शनिबार) बिहान आठ बजेदेखि मतदान शुरु हुने नेका मोरङका सचिव मोदराज घिमिरेले बताए । प्रतिनिधि छान्नका लागि एक हजार ७०० प्रदेश प्रतिनिधिले मतदान गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस