शान्ति सुव्यवस्था कायम राख्न बारा र पर्साका सुरक्षा निकाय प्रमुखलाई गृहसचिव पाण्डेको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शान्ति सुव्यवस्था कायम राख्न बारा र पर्साका सुरक्षा निकाय प्रमुखलाई गृहसचिव पाण्डेको निर्देशन


१७ मंसिर २०७८, शुक्रबार


वीरगन्ज । गृह सचिव टेकनारायण पाण्डेले बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् ।

आज जिल्ला प्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबिच बारा र पर्साका दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

गृह सचिव पाण्डेले जनताको शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । उनले जनताको सुरक्षा गर्नु सुरक्षा निकायको मूल कर्तव्य भएकाले आफ्नो कर्तव्य पूरा गर्न सबै सुरक्षा निकाय एकजुट भई लाग्नुपर्ने बताए ।

वीरगन्ज मूल भन्सार कार्यालयअन्तर्गतको आइसीपी परिसरमा स्थापना गरिएको मानवीय कार्यस्थल कक्षको आजै एक समारोहबिच गृह सचिव पाण्डेले उद्घाटन गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस