त्रिभुवन विमानस्थलबाट बिहीबार पनि ९ किलो सुन बरामद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिभुवन विमानस्थलबाट बिहीबार पनि ९ किलो सुन बरामद


१७ मंसिर २०७८, शुक्रबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ ।

झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।

सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व संकलन गर्न कडाई थालेको थियो । बिहीबारसम्म गरी चार दिनमा यसरी भित्रिएको सुनको परिमाण ५६ किलो नाघेको छ ।

बिहीबार अघिल्लो दिन सुन बोकेर आउनेहरु २४१ जनाले आफ्नो सुन राजश्व तिरेर लगेका छन् । यसरी ११ किलो ४० ग्राम सुन भन्सारबाट पास हुँदा राजश्व एक करोड ९ लाख ९३ हजार रुपैयाँ संकलन भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस