संयुक्त राष्ट्रसङ्घको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संयुक्त राष्ट्रसङ्घको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण


१७ मंसिर २०७८, शुक्रबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ ।

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् ।

यी सामाग्रीहरुमा विशेष गरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन् । यहाँका प्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँका करिब २ लाख ८० हजार नागरिकलाई यस्तो सहयोग उपलब्ध गराइएको छ ।

यो सहायताको कार्यलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा ठुलो अभियानको मानवीय सहायता उपलब्ध गराइएको भनेर टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थात् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।

यसअघि दुई हप्ता अघिमात्र पनि इरानले यहाँ २१ टनभन्दा बढी खाद्य सामग्री ल्याएको बताएको थियो । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत लगेका थिए ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस