प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo ३ जेष्ठ २०७९, मंगलबार
   

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा आज (शुक्रबार) बिहान डिस्चार्ज भएका हुन्।

प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए।

उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए। यस्तै सत्ता गठबन्धनका शीर्ष नेताले पनि कार्यवाहक तोक्न सुझाव दिएका थिए। तर जबराले आज अस्पतालबाट फर्किने र कार्यवाहक प्रधानन्यायाधीश नतोक्ने बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस