अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै


१७ मंसिर २०७८, शुक्रबार


वासिङ्टन । संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बुस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौँ पारिवारिक खोप क्लिनिकहरू सुरु गर्न लागेको छ ।

यस बारे राष्ट्रपति जो बाइडेनले बिहीबार जानकारी दिँदै भनेका छन्,आज म घोषणा गर्दै छु कि हामी देशभर सयौँ नयाँ पारिवारिक खोप क्लिनिकहरू सुरु गर्दै छौँ ।

यी केन्द्रहरूले सम्पूर्ण परिवारलाई एकै ठाउँमा खोपहरू प्रदान गर्नेछन्। जहाँ बच्चाहरूले खोप लिन सक्नेछन्, अभिभावकहरूले खोप लिन सक्नेछन् र उनीहरूले पहिलो वा दोस्रो मात्रा वा बुस्टर शटहरू पनि लिन सक्नेछन् ।

राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वास्थ्य संस्थानमा टिप्पणीको क्रममा भने- क्लिनिकहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू र अन्य विश्वसनीय स्थानहरूमा अवस्थित हुनेछन् ।यसैगरी केही ठाउँमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिनेछन् ।

राष्ट्रपति बाइडेनद्वारा कोभिड-१९ विरुद्ध लड्न र जाडो महिनाहरूमा नयाँ ओमिक्रोन भेरियन्ट बढ्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो विरुद्ध लड्न सङ्घीय सरकारको विशेष योजनाको रूपमा यो घोषणा गरिएको हो ।

सरकारको पाँच बुँदे योजनामा राष्ट्रव्यापी खोप विस्तार गर्ने र बुस्टरको पहुँच, कोभिड-१९ परीक्षण पहुँच विस्तार गर्ने, सरकारको प्रतिक्रिया टोलीलाई बलियो बनाउने र बाँकी विश्वलाई खोप लगाउने प्रयासलाई गति दिने लगायतका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस