उद्योग विभागको महानिर्देशकमा तिवारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उद्योग विभागको महानिर्देशकमा तिवारी


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई पठाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सह-सचिव तिवारीलाई विभागको जिम्मेवारी दिएको हो । उनी गत कार्तिकमा खुल्ला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका थिए ।

सह-सचिव भएको महिना दिनमै महानिर्देशकको जिम्मेवारी पाएका तिवारीले बिहीबारदेखि उद्योग विभागमा काम सुरु गरेका छन्। विभागका तत्कालीन महानिर्देशक जीवलाल भुसाललाई मन्त्रालय तानेर उनको ठाउँमा तिवारीलाई पठाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस