सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झन्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न ढिला भएको हो ।

सधैँ बिहान १०ः१५ बजेतिर पेसी तोकिन्थ्यो । आज १ः३० मा मात्र पेसी तोकिएको छ । गोला प्रथाबाट बुधबारदेखि मुद्दामा पेसी तोक्न सुरु गरिएको हो । आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ ।

गोला प्रथाबाट आज १० इजलास गठन भएका छन् । तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन् ।

प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस