सिभिल ग्रुपका अध्यक्ष इच्छाराजबाट ठगिएका सहकारीका बचतकर्ता न्यायको माग गर्दै सडकमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सिभिल ग्रुपका अध्यक्ष इच्छाराजबाट ठगिएका सहकारीका बचतकर्ता न्यायको माग गर्दै सडकमा


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएका सिभिल सहकारीका बचतकर्ताले तामाङसहित संलग्न समूहलाई कडा कारबाही गर्न दबाब दिएका छन् ।

काठमाडौँको माइतीघरमा भेला भएका पीडित बचतकर्ताले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कारबाही गरेर आफूहरूमाथि न्याय गर्न माग गरेका छन् ।

सहकारी विभागले ठगीतर्फ ध्यान नदिएको र नेपाल राष्ट्र बैङ्कले ५० करोडभन्दा माथि वार्षिक लेनदेन हुने सहकारीको गतिविधि अनुगमनसमेत नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

पीडित बचतकर्ताहरूले सङ्गठित ठगीका गिरोहलाई कारबाही गर्नुपर्ने, कानुन सुधार गर्नुपर्ने, आफूहरूको बचत फिर्ता गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् ।

इच्छाराजविरुद्ध अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस