कोभिड-१९, जलवायु सङ्कटको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग गरेको व्यवहार बारे संयुक्त राष्ट्रसङ्घको चासो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोभिड-१९, जलवायु सङ्कटको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग गरेको व्यवहार बारे संयुक्त राष्ट्रसङ्घको चासो


१६ मंसिर २०७८, बिहिबार


न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गरेका छन् ।

महामारी र जलवायु सङ्कटले चिनिने यस अवधिमा आज अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग कसरी व्यवहार गरिरहेको छ भन्ने बारे चासो व्यक्त गर्दै छु, गुटरेसले पत्रकार सम्मेलनमा भने । उनले थपे हामीले यो अन्याय र अनैतिकताको अन्त्य गर्नुपर्छ।

हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक वृद्धि र राजनीतिक सम्बन्धका सन्दर्भमा परिस्थितिहरू समान छन् भनी सुनिश्चित गर्नुपर्छ। हामी र अफ्रिकाबीच समानताको सम्बन्ध हुनुपर्छ। उनले थपे ।

Tags :
प्रतिक्रिया दिनुहोस