बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीश जबरालाई गठबन्धनको सुझाव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीश जबरालाई गठबन्धनको सुझाव


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरू सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस