काँग्रेस महाधिवेशनमा २९ वटा मतपत्र प्रयोग हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस महाधिवेशनमा २९ वटा मतपत्र प्रयोग हुने


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान छ ।

त्यसैले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र तोकिएको छ ।

‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ काँग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।

२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस