आज हेटौँडाकाे काँग्रेस अधिवेशनमा १० हजार नेता कार्यकर्ताको ऱ्याली « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आज हेटौँडाकाे काँग्रेस अधिवेशनमा १० हजार नेता कार्यकर्ताको ऱ्याली


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको आज हुने बागमती प्रदेश अधिवेशनमा १० हजार जना नेता कार्यकर्ताले हेटौँडामा र्‍याली निकाल्ने भएका छन् ।

प्रदेश अधिवेशनलाई दिउँसो २ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाइएको छ । समारोहका लागि हेटौँडाको बुद्ध चोकबाट अधिवेशन स्थल वन विज्ञान अध्ययन स्थान (फरेष्ट्री)मा करिब १० हजार जना नेता कार्यकर्ताहरू ऱ्यालीसहित पुग्ने नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । आयोजनास्थलमा र्‍याली पुगे लगत्तै सभामा परिणत हुने बताइएको छ ।

प्रदेशका १३ वटा जिल्लाबाट करिब २ हजार १ सय जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताइएको छ । महाधिवेशनमा सहभागी हुन सम्बन्धित जिल्लाबाट चुनिएका प्रतिनिधिहरू हेटौँडा आउने क्रम जारी छ ।

उनीहरूको बसोबासको प्रबन्ध हेटौँडाका होटेलहरूमा मिलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस