प्रधानमन्त्री देउवाले आज हेटौँडामा सम्बोधन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवाले आज हेटौँडामा सम्बोधन गर्ने


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा आज हुने नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

साथै उनले सम्बोधन हुने कार्यक्रम रहेको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए।

सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा आज (बिहीबार) बिहान ११ बजे सुरु हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस