चितुवाको छालासहित ३ जना पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

चितुवाको छालासहित ३ जना पक्राउ


१५ मंसिर २०७८, बुधबार


पक्राउ

काठमाडौँ । चितुवाको छाला सहित प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतान छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको छ ।

मंगलबार आरोपीहरु चितुवको छाला बेच्नका लागि एयरपोर्ट सेकुवा कर्नरमा गएका थिए । उनिहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाइएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस