काँग्रेस चितवनको अधिवेशन अन्योलमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस चितवनको अधिवेशन अन्योलमा


१५ मंसिर २०७८, बुधबार


चितवन । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ ।

नेपाली काँग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो ।

काँग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रीय निर्वाचन समितिलाई राजीनामा पत्र बुझाएका छन् ।

काँग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोख्रेलले राजीनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो ।

राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रीय निर्वाचन समितिलाई सिफारिस गरेको थियो ।

कार्यतालिका अनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए ।

एक विज्ञप्ति जारी गर्दै उनले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित र गम्भीर बनाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस