राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : अध्यक्ष प्रचण्ड


१५ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् ।

आज (बुधबार) राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै प्रचण्डले वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताएका हुन् ।

‘हाम्राबिचमा अन्तरविरोध छ तर मैले पहिले पनि भनेको थिए । हाम्रो अनेकताभित्र एकता छ । राष्ट्रियता र देशभक्तिको सवालमा हाम्रो गोत्र मिल्न जान्छ’, प्रचण्डले भने ।

मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराइ स्वाधीनताको रक्षा गर्न सबै दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने उनले बताए ।

‘राष्ट्र सबैभन्दा माथि छ । दलहरूबीचको संवादलाई अझ घनीभूत बनाएर राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ । त्यसका लागि सहकार्य जरुरी छ’, प्रचण्डले भने ।

उनले पार्टी ३ टुक्रा पार्नेहरूले समेत एकताको नाममा महाधिवेशन गरेको बेला साँच्चै एकताको महाधिवेशन गर्न सफल भएको भन्दै राप्रपालाई शुभकामना समेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस