अछाममा यात्रुबाहक बस दुर्घटना हुँदा दुईको मृत्यु, २९ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अछाममा यात्रुबाहक बस दुर्घटना हुँदा दुईको मृत्यु, २९ जना घाइते


१४ मंसिर २०७८, मंगलबार


मार्तडी । अछामको मङ्गलसैनबाट टीकापुर जाँदै गरेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै आज दिउँसो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मङ्गलसैन नगरपालिका–१४ का ५७ वर्षीय टेक भण्डारी र सोही नगरपालिका–१ का अन्दाजी २२ वर्षीय एकेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी २९ जना घाइते भएका छन् ।

बस सडकबाट उल्टो पल्टिएकाले घाइतेको उद्धार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । घाइते भएकालाई बयालपाटा र जिल्ला अस्पताल मङ्गलसैनमा उपचारमा लागि पठाइएको प्रहरी निरीक्षक अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस