एमाले अध्यक्षमा ओली निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले अध्यक्षमा ओली निर्वाचित


१४ मंसिर २०७८, मंगलबार


चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

चितवनमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिँदा अर्का प्रत्याशी भीम रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि आज (मंगलबार) बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौँ महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौँ महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए ।

१० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस