कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने


१४ मंसिर २०७८, मंगलबार


कर्णाली । कर्णाली प्रदेशसभा बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो ।

आज (मंगलबार)को बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । बैठक सुरु भए लगत्तै सभामुख राजबहादुर शाहीले संसद् आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेर सुनाएका थिए ।

त्यसपछि सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए ।

मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टी महाधिवेशनका सिलसिलामा चितवनमै रहेकाले मंगलबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस