इजरायल जाने कामदारका लागि कोभिड–१९ विरुद्धको खोप दिन पाँच केन्द्र तोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इजरायल जाने कामदारका लागि कोभिड–१९ विरुद्धको खोप दिन पाँच केन्द्र तोकियो


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । सरकारले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेका उम्मेदवारलाई खोप लगाउन पाँच वटा अस्पताललाई केन्द्र तोकेको छ ।

वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै ती उम्मेदवारलाई खोप दिन काठमाडौँका पाँच वटा अस्पताललाई खोप केन्द्र तोकेको हो ।

खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको इजरायल शाखामा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस