थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपालले कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप प्राप्त गरेको छ ।

कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६० लाख डोज खोप मध्येको पहिलो खेप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने भनेको ६० लाखमध्येको पहिलो खेप आइपुगेको बताए ।

यस्तै थप दुई खेप खोप यसै साता आइपुग्ने उनले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस