नेपाल प्रहरीमा तीन वटा पद थप्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल प्रहरीमा तीन वटा पद थप्ने मन्त्रिपरिषद्को निर्णय


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद थपिएको हो ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो ।

स्वीकृत भएको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

यो कार्यान्वयनमा आएसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने हुनेछ ।

नेपाल प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस