नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न रावलको माग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न रावलको माग


१४ मंसिर २०७८, मंगलबार


चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न माग गरेका छन् ।

रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले निर्वाचन रोक्न माग गरेका हुन् ।

पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई निर्वाचन रोक्न आग्रह गरेको जानकारी दिएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस