राखेपकाे सदस्यसचिवमा घिसिङ नियुक्त « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

राखेपकाे सदस्यसचिवमा घिसिङ नियुक्त


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्मा टंकलाल घिसिङ सदस्यसचिव बनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषद्ले घिसिङलाई सदस्यसचिवका रूपमा नियुक्त गरेको हो ।

मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस