काँग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा विजयी « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

काँग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा विजयी


१४ मंसिर २०७८, मंगलबार


भक्तपुर । नेपाली काँग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन्।

वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन। उनले ५५५ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे। कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकटका हुन्।

काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा पनि थापा र कवेबीच जिल्ला सभापतिका लागि प्रतिष्पर्धा भएको थियो। त्यसबेला पनि थापाले कवेलाई पराजित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस