म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु


१४ मंसिर २०७८, मंगलबार


बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औँलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दूतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरूलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

निलगिरी यातायात प्रालिको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस