एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि सुरु हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि सुरु हुने


१३ मंसिर २०७८, सोमबार


भरतपुर । नेकपा (एमाले) को दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै सुरु हुनेभएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो ।

कार्यतालिकाअनुसार दिउँसो ३ बजेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिनेछ । उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन् । अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस