पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना सङ्क्रमण , २६४ जना निको « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना सङ्क्रमण , २६४ जना निको


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) २५९ जना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ८८८ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

७ हजार २३१ जनाको पिसिआर परीक्षण र २६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।

२६४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसै गरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस