काँग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिकामा फेरबदल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिकामा फेरबदल


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ ।

उद्घाटन हुने मिति यथावत् राख्दै महाधिवेशनमा मनोनयनको तालिका फेर्ने निर्णय काँग्रेसका प्रमुख तीन नेताको बैठकबाट गरिएको हो ।

आज (सोमबार) सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो ।

परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मङ्सिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ ।

यस्तै, केन्द्रीय महाधिवेशनमा मङ्सिर २१ गते हुने भनिएको उम्मेदवारहरूको मनोनयन दर्ता मङ्सिर २५ गतेका लागि सारिएको छ ।

महाधिवेशन उद्घाटनको मिति भने नसारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यसलाई महाधिवेशन सारिएको भन्न मिल्दैन, प्राविधिक रूपमा मिलाउनका लागि १५ गतेलाई १७ गते मनोनयन दर्ता हुने व्यवस्था मिलाउन मात्र लागिएको हो, संयोजक घिमिरेले भने, महाधिवेशनको तालिका परिवर्तन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस