माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको छ ।

नेता पुनकी पत्नी एवम् पूर्व सभामुख ओनसरी घर्तीले स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको बताएकी हुन् ।

गत शुक्रबार थाइल्यान्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लगेर सोही दिनबाट पुनको उपचार सुरु गरिएको थियो ।

नेता पुन जन्डिससँग सम्बन्धित एक प्रकारको दुर्लभ रोगबाट पीडित छन् । चीनमा उनको उपचार गर्न तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।

पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जन्डिस (बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ ।

यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस