झापामा बस दुर्घटनामा एक जनाको मृत्यु, २३ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झापामा बस दुर्घटनामा एक जनाको मृत्यु, २३ घाइते


१३ मंसिर २०७८, सोमबार


झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएकामध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस