एमाले महाधिवेशन : बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमाले महाधिवेशन : बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनको हिजो (शनिबार) स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने , ‘आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।’

पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको भन्दै बास्कोटाले आफूले दाबी गरेको सचिव पद छाडेको सङ्केत गरे । ‘तपाईँले सचिवको दाबी छाड्नुभएको हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘कोही न कोहीले त्याग नगरे त सहमति नै हुँदैन नि !’

यसअघि नेता विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले पनि सबै पदमा करिब सहमति भइसकेको बताएका थिए ।

एमाले जारी महाधिवेशनको हिजोको बन्दसत्रले सबै पदाधिकारी र सदस्यको टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । उक्त निर्णयप्रति उपाध्यक्ष एवं अध्यक्षका दाबेदार भीम रावल र नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस