काँग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

ललितपुरमा पहिलो चरणको निर्वाचनमा मिनकृष्ण महर्जन, रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो ।

जसमा, चित्रकारले पाँच सय चार, श्रेष्ठले चार सय ८२ र महर्जनले तीन सय ३६ मत प्राप्त गरेका थिए। जसमा कुल मतदाता १३ सय २२ रहेका थिए भने दश मत बदर भएको थियो ।

यस पश्चात् आज (आइतबार) चित्रकार र श्रेष्ठबीच भएको दोस्रो चरणको निर्वाचनमा श्रेष्ठ ६ सय ६५ मतले विजयी भएको ललितपुर जिल्ला निर्वाचन अधिकृत विजय मिश्रले जानकारी दिए ।

यसै गरी, चित्रकारले ६ सय ५३ मत प्राप्त गरेको उनले बताए । दोस्रो चरणको निर्वाचनमा भने तीन मत बदर भएको छ ।

जिल्ला पार्टी सभापतिको मत परिणामसँगै कार्य समितिका अन्य पदाधिकारी एवम् सदस्यको मतगणना सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस